काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।
गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो ।
वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको तयारी थालेको हो ।
विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
चैतअघि नै नतिजा निकाल्ने र पास हुने विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुन पाउने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले कोरोना सङ्क्रमित विद्यार्थीको परीक्षा अरु विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गर्ने र अरु विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सक्नेगरी तयारी गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।