add

नेकपा विवाद उत्कर्षमा : राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा






ActPro Nepal

|

३ मंसिर, २०७७

|
1664

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

राष्ट्रपतिलाई भेट्न ओली बुधवार बिहान शीतलनिवास पुगेका हुन ।

आज दिउसो मन्त्रिपरिषद् बैठक र नेकपा सचिवालय बैठक बस्न लागेको छ। बैठक अघि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन्। उनी गएराति पनि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।

नेकपामा विवाद उत्कर्षमा पुगेपछि राष्ट्रपति भण्डारीको सक्रियता बढेको छ। उनले गएराति प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन्। त्यस्तै, त्यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन्।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध राजनीतिक प्रतिवेदन पेश गरेका थिए। त्यसपछि प्रतिवेदनमाथि छलफल गर्न आज दिउसो १ बजे सचिवलाय बैठक तय गरिएको थियो।

प्रधानमन्त्री ओलीले पनि आजै मन्त्रपरिषद् बैठक बाेलाएका छन्। उनले दिउसाे २ बजे मन्त्रिपरिषद् बैठक बाेलाएका छन्। म‌गलबार राति मन्त्रीहरुलाई दिउसाे १ बजे बैठक बाेलाएकाे जानकारी दिएका थिए। तर नेकपा सचिवालय बैठकसँग जुध्ने भएपछि एक घन्टा सारेका हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.