add

भाइमसलाको मूल्य २० प्रतिशतले घट्यो






ActPro Nepal

|

२५ कार्तिक, २०७७

|
1887

काठमाडौं । तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ।

कोभिड—१९ को जोखिमका कारण अघिल्लो वर्षको जस्तो उत्साह नभएपनि भाइमसला किन्ने मानिसहरु केही मात्रामा देखिन थालेका छन् ।

तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दू परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ। भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायत पर्छन्।

अघिल्लो वर्षको तुलनामा यो वर्ष भाइमसलाको मूल्य कम भएपनि व्यापारमा भने ४० प्रतिशतसम्म कमी आउने कुरा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउछन् ।

‘अघिल्लो वर्षको तुलनामा तिहारको व्यापार निकै कम हुने अनुमान हामी सहजै गर्न सक्छौं । कोभिडको प्रभाव व्यापारमा कस्तो रहन्छ भन्ने कुरा त हामीलाई दशैको व्यापारले देखाईस्क्यो ।’ श्रेष्ठले भने, ‘तिहारमा भाइमसलाको व्यापारमा पनि ४० प्रतिशत घट्छ ।’

विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको श्रेष्ठको भनाई छ। यो वर्ष बजारमा काजु प्रतिकेजी १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ। किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ । यसैगरी छोकडा प्रतिकेजी २० रुपैयाँ र सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ।

होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला विक्रि हुने गरेको भए पनि कोभिड—१९ का कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको हो। व्यापारीहरुले धरै समयसम्म गोदममै सामान राख्दा बिग्रिने डरले पनि यो वर्ष सस्तोमा दिन थालेका हुन्। अहिले पनि कोभिड —१९ को जोखिम कायमै रहेको छ। सरकारले चाडपर्वहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन आग्रह गरेको छ।

यस्तो छ अघिल्लो वर्ष र यो वर्ष भाइमसलाको बजार मूल्य

अघिल्लो वर्षको तुलनामा भाइसमलाको मूल्यमा पनि धेरै कमी आएको छ । अघिल्लो वर्ष लगभग ३ अर्ब रुपैयाँ बराबरको भाइमसलाको कारोबार भएकोमा यो वर्षभने १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुनपनि समस्या रहेको कुरा अध्यक्ष श्रेष्ठ बताउछन् ।

‘सामानइ अवस्था भएकोमा समयमा त झण्डै ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।’ उनले भने अहिलेको अवस्थामा त १ अर्व ४० करोड रुपैयाँको कारोबार हुनपनि गाह्रै छ ।’

नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार यस्तो छ अघिल्लो वर्ष र अहिले भाइमसलाको बजार मूल्यः



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.