add

डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा विजयी : को हुन् उनी ?






ActPro Nepal

|

२३ कार्तिक, २०७७

|
1704


काठमाडौं । अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् ।

रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् ।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो । बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो ।

यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् । विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने: “मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु।”

“अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ। अमेरिका एक हुने समय हो ।”

को हुन् बाइडेन ?

बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन्। पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए। १९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए। यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो।

कानुनको डिग्री हासिल गरेका उनले जनताको न्याय सम्बन्धी थुप्रै कानुन निर्माणमा योगदान गरेका छन्। लागू औषध, अपराध, नागरिक स्वतन्त्रता, नारी हकजस्ता कानुनका उनी पक्षपाति रहँदै आएका छन्। बाइडेन ६ पटकसम्म सिनेटमा निर्वाचित भइरहे।

बाराक ओबामा राष्ट्रपति उम्मेदवार बनेपछि उनको उपराष्ट्रपति हुने क्रममा सिनेटरबाट राजिनामा दिएका थिए। २०१२ मा ओबामा राष्ट्रपति र उनी उपराष्ट्रपतिमा पुनःनिर्वाचित भएका थिए।

भलाद्मी तथा शालीन व्यक्तित्व भएका बाइडेनको जितले कोरोनाबाट कमजोर बन्न पुगेको अमेरिकाको अर्थतन्त्रले त्राण पाउने अपेक्षा गरिएको छ।

साथै अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञातासमेत रहेका कारण उनको कार्यकालमा चीनलगायतका मुलुकसँग चिसिएको सम्बन्धमा सुधार आउने विश्वास पनि गरिएको छ। निर्वाचनअघि उनले आफू र आफ्नो टिमको जितले अमेरिकाको आत्मालाई पुनर्जागृत गर्ने बताएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.