add

मुलुकमा गम्भीर संकट आउन सक्छ, तयार रहनूस् : प्रधानमन्त्री






ActPro Nepal

|

२० कार्तिक, २०७७

|
1586

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मुलुकमा गम्भीर संकट आउन सक्ने भन्दै यसको सामना गर्न तयार रहन निर्देशन दिएका छन् ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि चौतर्फी हमला भइरहेको आइपर्न सक्ने संकटको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

उनले यो संकट थप जटिल बन्ने दिशतार्फ गईरहेकाले खतरा टाढा नरहेको सामना गर्न तयार रहन निर्देशन दिएको एक मन्त्रीले बताए ।

‘प्रधानमन्त्री चिन्तित मुद्रामा हुनुहुन्थ्यो, ‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन ।

कुनै हालतमा म पछि हट्दिनँ’ ओलीउहाँले पार्टीको आन्तरिक राजनीति संकटमा परेको र यसले मूलुकलाई पनि संकटमा पार्न आँटेको बताउनुभयो’ एक मन्त्रीले भने, ‘सबै प्रकारका संकटहरुको सामना गर्न हामी तयारी अवस्थामा रहनुपर्छ भन्ने उहाँको आशय थियो ।’

‘प्रधानमन्त्रीले कस्ता खालका जतिल आएका छन् र जटिलता कसरी सिर्जना भयो भनेर चाँही भन्नुभएन, तर पार्टीभित्र देखिएका गतिरोधलाई नै उहाँले संकेत गर्नु भएको हो’ ती मन्त्रीले भने ।

अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.