add

संसद भवन चिटिक्क बनाउन कुनै कन्जुस्याइँ नगर्नू : मन्त्री श्रेष्ठ






ActPro Nepal

|

१९ कार्तिक, २०७७

|
858

काठमाडौँ। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन्। उनले संसद भवनको सरसफाइ र सुन्दरता कायम गर्न कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिएका छन्।

शहरी विकास मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हालको व्यवस्थापिका संसद भवनको निरीक्षण गर्न मंगलबार दिउँसो केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिएका हुन्।

मन्त्रालयअन्तर्गत रहेको सो भवनमा २०६५ सालदेखि संसद भवनको रूपमा प्रयोग हुँदै आएको छ। मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्न पनि निर्देशन दिएका छन्।

“‘माननीय सांसदज्यूहरू बस्ने कुर्सीको अवस्था कस्तो छ? बगैँचामा फूल फुलेका छन् कि छैनन्? हेर्नुस्, नभए सिजनअनुसारको फुल फूलाउनुस्, हरियाली देखिएको छैन, त्यसलाई तुरुन्त हरियाली बनाउनुस्,” भवन परिसरको अवस्थाबारे निरीक्षण गर्दै उनले भने। उनले संसद भवनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षसमेत निरीक्षण गरेका थिए।

सिंहदरबारमा निर्माणाधीन संसद भवन तयार नभएसम्म सोही भवनमा संसद अधिवेशन हुनेछ। मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मतसम्हार गरी भवनलाई साँच्चिकै संसद भवनको रूपमा पहिचान गराउनुपर्ने बताएका छन्।

विकास समितिका अध्यक्ष एवं शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न पनि उनले निर्देशन दिएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.