काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलको अस्पतालको बिल मूख्यमन्त्रीको कार्यालयले तिरेको खुल्न आएको छ ।
सरकारले ‘म गरीब हुँ, मैले पैसा तिर्न सक्दिन भनेमात्र सरकारले कोरोना संक्रमितको खर्च बेहोर्ने र परीक्षण पनि निःशुल्क गरिदिने’ भनेको थियो ।
तर मूख्यमन्त्री पौडेलको खर्च पनि सरकारले नै बेहोरेको छ ।
यतिमात्र हैन मुख्यमन्त्री पौडेललाई हेटौंडाबाट हेलिकोप्टरमा काठमाडौं ल्याएर उपचार गरिएको थियो । गत कात्तिक ६ गते गरिएको पीसीआर परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि उनलाई काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना गरिएको थियो ।
कात्तिक १५ गतेको गरिएको पुनः परीक्षणमा उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि १६ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
उनीसँगै संक्रमित भएकी उनकी पत्नी विजया पौडेलको पुनः परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजिटिभ नै आएको छ । उनीहरु दुबैजना ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेशनमा बसेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।