add

अमेरिकामा राष्ट्रपति निर्वाचन : ट्रम्प र जो बाइडेनबीच प्रतिस्पर्धा






ActPro Nepal

|

१८ कार्तिक, २०७७

|
1233

काठमाडौं । अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ ।

चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा रहेको छ । राष्ट्रपति ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेका बाइडेन पूर्व उपराष्ट्रपति हुन् । जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको प्रतिष्पर्धामा रहेका छन् भने ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

दुवै प्रतिष्पर्धीले चुनाव प्रचार प्रसारका क्रममा आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आएका छन् ।

चुनावअघि भएका विभिन्न सर्वेक्षणले बाइडनको पक्षमा बलियो मत देखिन्छ । सर्वेक्षणको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार बाइडन ट्रम्पभन्दा झण्डै १० प्रतिशत मतले अगाडि छन् । ​

एनबीसी न्यूज र वालस्ट्रिटले चुनावको दुई दिन अघि गरेका सर्वेक्षणले बाइडेन ५२ र ट्रम्पको पक्षमा ४२ मत खस्ने रिपोर्ट सार्वजनिक गरेका छन् । मत सर्वेक्षणलाई मात्र हारजितको आधार भने मान्न सकिँदैन । अक्टोबर २९ देखि ३१ सम्म भएको मत सर्वेक्षणमा ५७ प्रतिशत मतदाताले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ट्रम्पको कार्यशैली नरुचाएको देखाएका थिए । अमेरिकामा प्रत्येक राज्यको मतदानको मतका आधारमा त्यहाँको इलेक्टर चयन हुन्छ, जसले अन्त्यमा राष्ट्रपतिचयन गर्छ । अमेरिकामा कूल ५ सय ३८ इलेक्टर चयन हुन्छन् ।

तीमध्ये एक सय सिनेटर हुन्छन् भने चार सय ३५ जना प्रतिनिधि मानिन्छन् । बाँकी तीन जना इलेक्टर वासिङ्टन डीसीबाट चयन हुन्छन् । तीनै इलेक्टरले अमेरिकी राष्ट्रपति चयन गर्नेछन् । राष्ट्रपतिका लागि इलेक्टरले आगामी डिसेम्बर १४ तारिखसम्म मतदान गर्नेछन् । सो मतदानमा २ सय ७० मत ल्याउने उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुने कानुनी व्यवस्था छ ।

राष्ट्रपति चुनावमा ट्रम्पसँग उपराष्ट्रपतिको उम्मेदवारको रुपमा माइक पेन्स छन् भने बाइडेनको साथमा कमला ह्यारिस ।

राष्ट्रपति उम्मेदवार बाइडन अमेरिकी राजनीतिका पुराना र अनुभवी राजनीतिज्ञ हुन् । विदेश मामिला र कूटनीतिमा विशेष दख्खल राख्ने बाइडन व्यवहारिक लाग्छन् । उता ट्रम्प भने अहंकारी भएको आरोप लाग्ने गरेको छ । अमेरिकामा हुलाक र मतदान केन्द्रमै गएर अहिलेसम्म ९ करोड ३० लाख बढीले अग्रिम मतदान गरिसकेका छन् ।

यद्यपी अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजय हासिल गर्न लोकप्रिय मतले मात्र काम गर्दैन । २००० मा तत्कालिन रिपब्लिकन पार्टीका उम्मेद्वार जर्ज डब्लु बुश र सन् २०१६ मा डोनाल्ड ट्रम्पले चुनाव जितेका थिए । ट्रम्पले हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम मत प्राप्त गरेपनि चुनाव जित्न सफल भएका थिए । त्यसैले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा लोकप्रिय मत मात्र निर्णायक हुँदैन ।

यो वर्ष भने अमेरिकी मतदाताहरुले मतदान प्रक्रियामा नयाँ अभ्यास पनि गरिरहेका छन् । उनीहरुले कोरोना भाइरसको जोखिमका कारण मेलमार्फत् मतदान गरेर उम्मेद्वार छनौट गरेका छन् । यद्यपि, सामान्यतया ती मेल मतपत्रहरुको गणना गर्न भने निकै समय लाग्ने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति चुनाव लड्नका लागि स्वभाविक रुपमा जन्मजात अमेरिकी नागरिक हुनुपर्ने अमेरिकी नियम छ । उमेर कम्तिमा ३५ वर्ष हुनुपर्छ । १९३३ देखि अहिलेसम्म अमेरिकाका हरेक राष्ट्रपति एक गभर्नर, सिनेटर या फाइभ स्टार सैन्य जनरल रहेका छन् ।

अमेरिकी चुनावमा राष्ट्रपति पदका लागि नामांकन प्रक्रिया दुनियाँभरमा सबैभन्दा जटिल, लामाे र महंगाे प्रक्रिया मानिन्छ । हरेक चार वर्षपछि डेमाेक्रेटिक र रिपब्लिकन पार्टीका उम्मेदवारी हाँसिल गर्नका लागि चाहना राख्नेहरू आम चुनाव अघि, सबै राज्यहरूमा प्राइमरी चुनावकाे सामना गर्छन् ।

प्रत्येक राज्यमा प्राइमरी चुनाव जितेपछि उनीहरूले निश्चित संख्यामा प्रतिनिधिहरूको समर्थन प्राप्त गर्छन् । जाे उम्मेदवारले महिनाैँसम्म चल्ने यस प्रक्रियामा आफ्नो पक्षमा निश्चित संख्यामा प्रतिनिधि प्राप्त गर्छ, मनोनयन पाउने छ । मतलब उनी पार्टीको औपचारिक उम्मेदवार बन्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.