add

केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त






ActPro Nepal

|

१८ कार्तिक, २०७७

|
886

काठमाडौं। कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त गरेका छन्।

"संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राति १०:३० बजे पोखरास्थित आफ्नै निवासमा  निधन भएको खबरले दु:ख लागेको छ," सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्, "उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु।"

तीन वर्षअघि प्रतिनिसभा निर्वाचनका समयमा नेता केसी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। केसीले तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाएका थिए।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहँदा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीका साथै पहिलो संविधानसभामा संविधानसभा सदस्य बनेका थिए। केसी रारा चाउचाउ, जलविद्युत्लगायत विभिन्न व्यापार व्यवसायमा सफल थिए। सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.