add

ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ९२ प्रतिशतले बढ्यो , प्रतिसेयर नेटवर्थ कति ?






ActPro Nepal

|

१७ कार्तिक, २०७७

|
1169

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले यो अवधिमा ७ करोड २२ लाख २२ हजार नाफा आर्जन गरेको छ ।

यो गत आवको सोही अवधिको तुलनामा ९१.८७ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा ३ करोड ७६ लाख खुद मुनाफा कमाएको थियो ।

इन्स्योरेन्सले जीवन बीमा कोष, खुद बीमा शुल्कमा संकलमा उल्लेख्य सुधार गर्दा नाफा बढाउन सफल भएको हो ।

समीक्षा अवधिमा ज्योतिको खुद बीमा शुल्क संकलन पनि झन्डै दोब्बरले बढेको छ । कम्पनीले असोज मसान्तसम्म ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने गत आवको सोही अवधिमा २८ करोड ४२ लाख ६४ हजार संकलन गरेको थियो ।

यस्तै, समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष १४७.०५ प्रतिशतले बढेर २ अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोष ९१ करोड ४६ लाख ५६ हजार रुपैयाँ थियो ।

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.२३ रुपैयाँ रहेको छ ।

यसअनुसार कम्पनीले सर्वसाधारणमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता प्राथमिक सेयर जारी गर्नेछ ।

आईपीओ जारी भएसँगै कम्पनीमा संस्थापक-साधारण सेयर अनुपात ७०ः३० कायम हुनेछ भने जीवन बीमा कम्पनीको लागि बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब भन्दा २० करोड बढी कायम हुनेछ ।

कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.