add

खुमलटारमा प्रचण्डको ब्रिफ्रिङ : प्रधानमन्त्री पार्टी फुटाउने तयारीमा हुनुहुन्छ, के गर्ने ?






ActPro Nepal

|

१६ कार्तिक, २०७७

|
1648

काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता संकटमा परेको बताएका छन्।

शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि खुमलटारस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले ओलीका कारण पार्टी एकता संकटमा परेको ब्रिफिङ गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफूलाई अब सँगै जान नसकिने भन्दै अलग–अलग जानेगरी आफूले तयारी गरेको बताएको प्रचण्डको ब्रिफिङ थियो।

‘प्रधानमन्त्रीले अब सँगै जान नसकिने भयो, अलग–अलग जाऊ, मैले निर्णय गरिसके, तपाईंहरु पनि निर्णय गर्नुस् भनेर भन्नुभयो’, प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने।

ती नेताका अनुसार आइतबार बिहानै अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापासँग खुमलटारमा छलफल गरेका हुन।

छलफलमा प्रधानमन्त्रीले सचिवालय बैठक बोलाउन आनाकानी गरेको, एकलौटी रुपमा गरेका निर्णयका बारेमा छलफल गर्न नचाहेको र पार्टी विभाजन गर्नको लागि सबै तयारी गरेको बारेमा आफूले सूचना पाएको प्रचण्डलेले बताएका थिए।

‘प्रधानमन्त्रीले आफूले गरेका सबै काम हामीले सहिदिनुपर्ने, उहाँको एकलौटीको साक्षी मात्रै बसिराख्नुपर्ने व्यवहार देखाउनुभयो, प्रचण्डको ब्रिफिङबारे अर्का एक नेताले भने, तयारी हेर्दा उहाँले सबै अस्त्र प्रयोग गसिक्नुभयो, यसरी त पार्टी कसरी चल्छ होला र?’

आइतबार बिहानभर सचिवालयका बहुमत सदस्यसहित आफू निकटका नेताहरुसँग परामर्शमा रहेका प्रचण्डले पार्टीभित्र गम्भीर संकट निकालेर प्रधानमन्त्री ओलीले बखेडा झिकेको बताएका थिए। ‘पार्टी कमिटीको निर्णय पनि नमान्ने अनि विपक्षीलाई झैँ पेल्दै गएपछि कसरीसँग जान सकिन्छ?’, सचिवालयका नेताहरुसँग प्रचण्डले भने।

एकताका लागि धेरै कुरा सहेर बसे पनि झन् पेल्दै गएपछि यो अबस्था आएको र यसको सबै भागीदार अध्यक्ष ओली नै भएको प्रचण्डको भनाइ थियो।

‘अहिले पार्टी फुटिहाल्छ भनेर मैले कल्पना गरेको छैन, तर उहाँ (प्रधानमन्त्री ओली जी)को सबै तयारी हेर्दा उहाँ हामीसँग सँगै नजाने योजनामा हुनुहुन्छ, प्रचण्डले भने, ‘आगामी दिन कसरी जाने हामीले गम्भीर समीक्षा गर्नुपर्नेछ।’

यसैबीच प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको विकसित घटनाक्रमबारे आफ्ना नेताहरुसँग परामर्श गरेका छन्। बालुवाटारमा आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका एक दर्जन नेतासँग छलफल गरेका ओलीले त्यसपछिको दोस्रो चरणमा भने महसचिव विष्णु पौडेलसँग छलफल गरेको स्रोतले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.