add

तरुण दलले गर्यो शिक्षण अस्पताल महाराजगंजलाई स्वास्थ्य सामग्री सहयोग






ActPro Nepal

|

१५ कार्तिक, २०७७

|
1222

काठमाडौं  । मुलुकमा दिन प्रतिदिन कोरानो भाइरसको संक्रमण दिन दुई गुणा रात चौगुणा बढीरहेको बेला अग्रपंङ्तिमा रहेर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई नेपाल तरुण दलले सुरक्षा सामग्री वितरण गरेको छ ।

जनताको स्वास्थ्य उपचारमा अरोरात्र खटिएको स्वास्थ्यकर्मीको जीवन रक्षाको लागि भन्दै नेपाल तरुण दलले शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ति स्वास्थ्य सामग्री वितरण गरेको हो ।

तरुण दल अध्यक्ष जीतजंग बस्नेतका अनुसार दलले (कोभिड–१९) कोरोना भाईरस उपचारमा सहयोगको लागि शुक्रबार अस्पताल गएर ९४ हजार थान मास्क, ३० थान पिपिई सेट र ५२ थान फेस शिल्ड अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।

ति स्वास्थ्य सामाग्री नेपाली काँग्रेस काठमाण्डौँ जिल्ला क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले सहयोग स्वरुप उपलब्ध गराई दिएको तरुण दल अध्यक्ष बस्नेतले बताए ।

नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा ति सामग्री शुक्रबार एक समारोहबीच तरुण दल अध्यक्ष बस्नेतले शिक्षण अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन्  ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.