add

आन्तरिक उडानमा हेल्थ डिक्लरेसन गर्नुपर्ने, मास्क अनिवार्य






ActPro Nepal

|

४ असोज, २०७७

|
875

काठमाडौं । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ।

सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएसँगै सोमबारदेखि नियमित उडान हुने भएको हो ।

उडड्यन मन्त्रीस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएको हो । 

यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्‍चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका छैनन् । 

मन्त्रालयले देशभर रहेका सबै विमानस्थलमा उडान गर्न पनि अनुमति दिएको छ । तर, ९ दिनसम्म एउटा कम्पनीको २५ प्रतिशत मात्रै उडान स्वीकृत हुनेछ ।

वायुसेवा संस्थाले लकडाउनअगाडि ओगटेको बजार हिस्साका आधारमा २५ प्रतिशत उडान तालिका स्वीकृत हुनेछ । 

लकडाउनअगाडि एउटा कम्पनीले दैनिक तीन उडान गर्थ्यो भने अहिले एक उडान, १० उडान गर्थ्यो भने तीन उडान पाउनेछ । 

आन्तरिक हवाई यात्राका लागि यात्रुहरुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लरेसन फाराम भर्नुपर्ने हुन्छ । त्यस्तो फाराम भरेर यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाउनुपर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.