add

एसिड पीडितको उपचार र पढाइ खर्च सरकारले ब्यहोर्ने






ActPro Nepal

|

२६ भदौ, २०७७

|
619

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाहरूमा परेका १२ जना पीडितहरूसँग छलफल गरेका छन्।

बिहीवार बालुवाटारमा भएको छलफलमा ओलीले एसिड पीडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन्।

यसका निम्ति १५ दिनभित्र मस्यौदा तयार  गर्न उनले कानुन मन्त्रालयका साथै अन्य  सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई  छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गर्ने व्यवस्था सहितको कानुन निर्माण गर्न भनेका छन्।

कार्यक्रममा प्रधानमन्त्रीले  वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले ब्यहोर्ने गर्ने घोषणा गरेका छन्।

आक्रमणपछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने समेत उनले बताए। साथै, उचित तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले  मिलाउने समेत ओलीले कार्यक्रममा जानकारी  दिए। प्रधानमन्त्रीले पीडितहरुलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने समेत बताएका छन् ।

छलफलको क्रममा ओलीले हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउन समेत आह्वान गरेका छन्।

'सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति  सिर्जना गर्न सरकार लागि पर्नेछ' प्रधानमन्त्रीले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.