add

अन्तर्राष्ट्रिय उडानको कोटा हट्यो, अब वायुसेवाले मागे जति उडान पाइने






ActPro Nepal

|

२६ भदौ, २०७७

|
689

काठमाडौं । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ ।

यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो ।

उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रममन्त्रीबीच विहिबार भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको सङ्ख्या थप गर्ने समझदारी भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार नियमित उडान शुरु भएका मुलुकबाट आवश्यकताका आधारमा यात्रु ल्याउन सकिनेछ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने जनाइएको छ ।

नियमित उडान नभएका मुलुकमा पिसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सङ्ख्या थप गरिने पर्यटनमन्त्री भट्टराईले बताए । उनले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील रहेको भन्दै उनीहरूको स्वदेश फिर्तीका लागि सरकारले आफ्नो प्रयत्न बढाउँदै जाने समेत बताए । - रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.