add

विदेशमा अलपत्र एक हजार नेपाली स्वदेश फर्किए






ActPro Nepal

|

४ साउन, २०७७

|
948

काठमाडाैं । विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट छ शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सले बहराइनबाट १२९ यात्रु र एक शव ल्याएको छ । दोहाबाट पनि १४९ यात्रु र दुई शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५६ र बहराइनबाट १३९ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै फ्लाइ दुबईले दुबईबाट १५७ नेपाली काठमाडौँ ल्याएको छ ।

थप नेपाली ल्याउन नेपाल एयरलाइन्स दुबई र दोहा तथा हिमालय एयरलाइन्स दोहा र अबुधाबी प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट आठ उडान गर्ने जनाइएको छ ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.