add

रुकुम सोती घटनाः वडाध्यक्षसहित २३ जना जेल चलान






ActPro Nepal

|

११ असार, २०७७

|
1296

सुर्खेत । जाजरकोट रानागाउँका नवराज विकसहित छ जना युवकको सामूहिक हत्याका आरोपी २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । 

रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले बुधबार यस्तो आदेश गरेको हो ।

सोतीगाउँ सामूहिक हत्याको घटनामा संलग्नताका आरोपीमध्ये २३ जनालाई पुर्पक्षका क्रममा थुनामा पठाउन आदेश भएको स्रेस्तेदार कीर्तबहादुर बोहराले बताए । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित डिल्ली मल्ल, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, हर्क मल्ल लगायतलाई थुनामा पठाइएको उनले बताए।

उनका अनुसार आरोपीमध्येका इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र जीतेन्द्र चन्दलाई साधारण तारेखमा छाड्ने आदेश भएको छ भने केटीका आमालाई एक लाख रुपियाँ धरौटीमा छाड्ने आदेश भएको छ । असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको थियो । जाहेरीवालाहरूको तर्फबाट पाँच जना सरकारी वकिल र २० जना कानुन व्यवसायीसहित २५ जना र प्रतिवादीका तर्फबाट सात जना कानुन व्यवसायीले बहस पैरवी गरेका थिए । यसअघि असार १ गते १७ वर्षीया किशोरी र उनका भाइलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो ।

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँका एक किशोरीलाई भगाएर ल्याउन गएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २४ वर्षीय नवराज विकसहित छ जना युवकलाई कुटपिट गरी भेरी नदीमा फालेका थिए । त्यस घटनामा ३४ जनाउपर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछूतको मुद्दा दायर भएको थियो । त्यस मुद्दाका पाँच जना आरोपी अझै फरार छन् । गोरखापत्र


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.