add

भारतमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार नाघ्यो






ActPro Nepal

|

२२ जेठ, २०७७

|
774

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टाको ९ हजार ६३८ जना संक्रमित थपिएसँगै २ लाख १६ हजार ८२४ पुगेको हो । एकैदिन थपिएको अहिलेसम्मको उच्च संख्या हो ।

यसअघि सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका थिए । त्यो संख्या सबैभन्दा बढी रहेको थियो । त्यो रेकर्ड फेरि तोडिएको छ ।

त्यस्तै मृतक २४ घण्टामा २५९ जना थपिएका छन् । यसअघि बुधबार २२१ जना र मंगलबार २०१ जना थपिएका थिए । शनिबार सबैभन्दा बढी २६९ जना बढेका थिए ।

अहिलेसम्म १ लाख ४ हजार ७१ जना कोरोना संक्रमित निको भएका छन् । २४ घण्टामा ३ हजार ७८६ जनालाई निको भएको छ ।

मृतकको संख्या ६ हजार ८८ पुगिसकेको छ । संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ ।

सबैभन्दा बढी ब्रजिलमा २७ हजार ३१२, दोस्रो स्थानको अमेरिकामा २० हजार ५७८ जना संक्रमित हुँदा भारत तेस्रोमा रहेको हो । चौथो रुसमा ८ हजार ५३६ जना संक्रमित भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.