add

आज विश्व धुम्रपान रहित दिवस नेपालमा पनि मनाईंदै






ActPro Nepal

|

१८ जेठ, २०७७

|
907

काठमाण्डौं । हरेक वर्ष मे ३१ मा मनाईंदै आएको विश्व धुम्रपान रहित दिवस आज नेपालमा पनि मनाईंदैछ ।

यस वर्ष सूर्तिजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवर्द्धनबाट युवाहरूलाई बचाऔं र उनीहरूलाई धुम्रपान तथा निकोटिनबाट हुने असरहरूको रोकथाम गरौं भन्ने विषयवस्तुमा आधारित भई यो दिवस मनाईदैछ ।

विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले गर्दा हुने गर्दछ । जसमध्ये ७० लाख प्रत्यक्ष सूर्तिजन्य पदार्थको सेवन र १२ लाख मानिससँगै बस्नेले खाएको चुरोटको धुवाँको असर (Second Hand Smoking) का कारणले मृत्यु हुने गर्दछ ।

नेपालमा हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । हरेक ३ जना नेपाली मध्ये १ जना धुम्रपान तथा सूर्तिजन्य पदार्थको अमली भएको देखिन्छ । यी तथ्याङ्कहरूले सूर्तिजन्य पदार्थ मानव स्वास्थ्यको लागि अति घातक देखिन्छ भने दीर्घ जीर्ण रोगहरू क्यान्सर, मुटु रोग, दम, खोकी, मधुमेह जस्ता रोग लाग्नुको प्रमुख कारण पनि सूर्तिजन्य पदार्थ हो ।

यसैबीच स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विश्व धुम्रपान रहित दिवसको अवसरमा सन्देश दिदै स्वस्थ र दीर्घायु बन्नको लागि सूर्तिजन्य पदार्थको सेवन र प्रयोग गर्न निरुत्साहित गर्ने, सेवनकर्ताहरूलाई त्याग गर्न अभिप्रेरित गर्ने र नवप्रवेशीहरूलाई सेवन वा प्रयोग गर्ने अवसर नै नदिनु अथवा प्रयोग नगर्न भित्रि मनैदेखि अभिप्रेरित गर्नु सबैको दायित्व भएकोमा जोड दिनु भएको छ ।

मन्त्री ढकालले सूर्तिजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवर्द्धन र प्रलोभनकारी आकर्षक विज्ञापनबारे युवाहरूले समयमै सचेत भएमा धुम्रपान तथा निकोटिनबाट हुने असरहरूबाट बच्न सकिन्छ र यसो गर्नु नै आफुलाई स्वस्थ राख्ने उत्तम उपाय भएको बताउनुभएको छ ।

साथै उहाँले सूर्तिजन्य उद्योगहरूले नवसेवनकर्ताहरूको सङ्ख्या वृद्धि गरी आफ्नो व्यवसाय दिगो बनाउन चलाखीपूर्ण बजारका रणनीतिहरू अवलम्बन गरेको र यसले बालबालिका, किशोरकिशोरी र युवा पुस्तालाई लक्षित गरेर विभिन्न बजार प्रवर्द्धनका क्रियाकलापहरू अभियानको रुपमा सञ्चालन गरेको बताउनुभएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.