add

रानीपोखरीको पुनःनिर्माण अन्तिम चरणमा






ActPro Nepal

|

१७ जेठ, २०७७

|
751

काठमाडौं । ऐतिहासिक र पुरातात्विक सम्पदाका रूपमा रहेको काठमाडौंको रानीपोखरी पुनः निर्माण अन्तिम चरणमा पुगेको छ ।


 रानीपोखरी नेपाल भाषा अर्थात नेवारी न्हु पुखु पोखरीको नामले पनि चिनिन्छ । नेपाल भाषामा न्हु भनेको नयाँ हो अर्थात् (नयाँ पोखरी) बुझिन्छ ।  रानीपोखरी ६२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको छ। पोखरी १८० मिटर लामो र १४० मिटर चौडा छ । 

प्रताप मल्लले आफ्ना माइला छोरा चक्रवर्तेन्द्रको मृत्यु भएपछि शोकमा डुबेकी आफ्नी रानीलाई खुसी बनाउन वि.स १७२५ सालमा रानीपोखरी निर्माण गराएका थिए । पोखरीको बीचमा शिखर शैलीको मन्दिरसमेत निर्माण गराएका थिए । २०७२ सालको भूकम्पले भत्काउनुअघि रानीपोखरी गुम्बज शैलीको थियो।


रानीपोखरी पटकपटक पुनर्निर्माण गर्दा रानीपोखरीको स्वरूप नै परिवर्तन हुँदै आएका छन । वि.स १९९० सालको भूकम्पमा रानीपोखरीको मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले जीर्णोद्धार गराउदा रानीपोखरीमा तारबार गर्नुका साथै भत्किएको मन्दिरलाई शिखर शैलीमै बनाएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.