add

धनगढीका युवाले जिते काेराेनालाई, गए घर अस्पतालबाट






ActPro Nepal

|

१० वैशाख, २०७७

|
598

धनगढी । नेपालमा फेरि एक जनाले काेराेनालाई जितेका छन् । काेराेना संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ३४ वर्षीय पुरुष मंगलबार अस्पतालवाट डिस्चार्ज भएका छन् । 

 लगातार दुई पटक गरिएको नमूना परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ती युवालाई डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा.जगदीश जोशीले जानकारी दिए । 

दुबईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी  पुगेका उनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोनाको पहिलो सङ्क्रमित व्यक्तिको रुपमा उपचारका लागि उनी सो अस्पतालमा भर्ना भएका थिए ।  कोरोनाको सङ्क्रमण भई सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । 

योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको सङ्ख्या दुई पुगेको छ । सो अस्पतालमा  कञ्चनपुर बेदकोट नगरपालिकाका एक पुरुष र कैलाली लम्की चुहा नगरपालिकाकी एक र अर्को एक महिलासहित तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले आज प्रकाशित गरेको सूचनामा अस्पतालमा कोभिड—१९ बाट सङ्क्रमितको उपचारका लागि दुई वटा भेन्टिलेटर पाँच शय्याकोे छुट्टै आइसियु (सघन उपचार कक्ष) सेवा आजैबाट सञ्चालन गरिएको उल्लेख गरिएको छ । 

यसै गरी विगतदेखि नै सञ्चालनमा रहेको एक भेन्टिलेटर पाँच श्ययाको आइसियुमा हाल दुई वटा भेन्टिलेटर थप गरिएको सूचनामा जनाइएको छ । भेन्टिलेटरसहित नौ श्ययाको ‘एनआइसियु‘ सेवा भने अस्पतालमा विगतदेखि नै सञ्चालनमा छ ।– रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.