काठमाडौं । उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।
योसँगै संक्रमित हुनेको संख्या ३२ पुगेको छ।
उदयपुरका अरू ८ जनाको स्वाब विराटनगरमा परीक्षण गर्दा उनीहरूमा पनि कोरोनाको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अुनसार ती ८ जनाको स्वाब पुन: परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
ती ८ जनालाई उपचारका लागि उदयपुरबाट धरान पठाइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।