add

नेपाल प्रहरीमा १० एसएसपीको डीआईजीमा बढुवा






ActPro Nepal

|

२९ चैत, २०७६

|
846

काठमाडौं । गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ ।

बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा भर्ना भएका टोलीका छन् भने ६ जना ०४९ चैतमा भर्ना भएका अधिकृत छन् । नेपाल प्रहरीको वेवसाइटमा प्रकाशित सूची अनुसार बढुवाको १ नम्बरमा घनश्याम अर्याल छन् भने त्यसपछि क्रमशः प्रकाशजंग कार्की र वसन्तकुमार पन्त छन् । उनीहरुको ब्याचका शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्ति महानिरीक्षक छन् ।

एक वर्षपछि भर्ना भएको टोलीबाट सहकुल थापा पहिलो नम्बरमा बढुवा भएका छन् । उनी अहिले महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन् । थापा अघि महाशाखाको नेतृत्व सम्हालेका धिरजप्रताप सिंह आफ्नो ब्याचबाट दोस्रो नम्बरमा बढुवा भएका छन् । यो टोलीका विश्वराज पोखरेल १९ वैशाखमै डीआईजीमा बढुवा भइसकेका छन् । सिंहपछि वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा सूचीमा समेटिएका छन् ।

लामा र धानुकले यसअघि काठमाडौं प्रहरी प्रमुखको नेतृत्व सम्हालिसकेका छन् भने सुवेदी हाल काठमाडौंको नेतृत्व गरिरहेका छन् । बिसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन् ।


डीआईजीको दरबन्दी घटाउने विषयले प्रवेश पाएपछि लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको थियो । अन्ततः प्राविधिकबाहेक २६ जना रहेको डीआईजीको दरबन्दी घटाएर १४ कायम भएपछि बढुवा भएको हो । यसअघि नै प्रहरीमा ४ जना डीआईजी छन् । सरकारले दरबन्दी घटाउने निर्णय गरेपछि यसले प्रहरीमा आकर्षण घटाएको भन्दै अधिकृतहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.