add

भारतमा संक्रमितको संख्या ६ हजार ७ सय पुग्यो,४८ जनाको मृत्यु






ActPro Nepal

|

२८ चैत, २०७६

|
676

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र संक्रमणबाट मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। बिहीबार मात्र भारतमा कोरोना भाइरस संक्रमणका कारण ४८ जनाको मृत्यु भयो भने ८ सय ९ जना नयाँ संक्रमित थपिएका थिए। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ७ सय २५ पुगेको छ।

अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् । यो सँगै भारतमा हालसम्म २ सय २७ को मृत्युको कारण कोरोना भाइरस संक्रमण बनेको छ।

बिहीबार एकैदिन मात्र भारतमा ४८ जनाको मृत्यु कोरोना भाइरसको कारण भएको छ। बुधबार यो संख्या मात्र १८ थियो।

मंगलबार भारतमा २४ जनाको मृत्यु कोरोनाबाट भएको थियो। पछिल्ला १० दिनमा भारतमा कोरोना भाइरसको संक्रमित र मृत्यु हुनेको संख्या तिव्ररुपमा वृद्धि भइरहेको छ। त्यसमध्ये महाराष्ट्र सबैभन्दा प्रभावित बनेको छ ।

महाराष्ट्रमा अहिलेसम्म यो एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन् । साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म आठ सय २४ जना मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन् ।

तामिलनाडुमा भाइरसबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । दिल्लीमा सात सय २० संक्रमित फेला परेका छन् भने तेलंगानामा संक्रमितको संख्या चार सय ७१ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.