add

भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय






ActPro Nepal

|

२७ चैत, २०७६

|
942

काठमाडौं । सरकारले काठमाडौंमा रहेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् कोरोनाभइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार गरी दुई दिन काठमाडौंबाट बाहिर जान दिने निर्णय गरेको हो ।

रक्षामन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेको छ ।

साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

चैत ११ मा लगाएको लकडाउन सरकारले तीन पटक बढाइसकेको छ भने अझै केही पटक लम्बिन सक्ने संभावना देखिएको छ । यसैवीच सयौं व्यक्तिहरु धेरै दिनसम्म पैदल हिंडेर गाउँ गइरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.