add

भण्डारीको जुक्ति कोरोनाबाट लाभदायक देखियो






ActPro Nepal

|

१८ चैत, २०७६

|
1824

काठमाडौ  मेडिकल कलेज को सञ्चालकको तर्फ बाट कोरोना पीडितको उद्दार रोकथाममा खटिएका नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले कोरोनाबाट बच्ने निहुँ मा मास्क, सेनेटाईजर र टिस्युपेपरको अभावमा लामो लाईन बस्नु खतरापूर्ण हुने अनि यस्तो खर्चिलो बन्दोबस्तीको बैकल्पिक बाटो पहिल्याउन आफ्नो आधिकारिक फेसबुक बाट गरेको भिडियो आव्हान निकै लोकपृय भएको देखिन्छ ।      

नेबिसंघका पुर्ब कावा अध्यक्ष समेत रहेका समाजसेवी भण्डारीले कोरोना भाईरस बाट बच्न आफ्नै अनुभवबाट पत्ता लगाएको दाबी गरिएको पहिलो भिडियो अपिललाई सबैले फरक खाले र काम लाग्ने भिडियोको रुपमा टिप्पणी गरेका छन्  ।

विभिन्न मुद्दामा सरकारको आलोचक रहेका नेता भण्डारीले यो भिडियोमा सरकारद्वारा निर्देशीत नियम पालना गर्न समेत सुझाएको देखिन्छ । काठमाडौ मेडिकल कलेज संचालक हैसियतले मास्क बाडन देखि विविध सामाजिक सेवामा सक्रिय भण्डारीले  स्कुलकलेजको पुरानो किताब र पत्रपत्रिकालाई टिस्यु पेपर बनाएर पैसा र समय बचाउन सुझाव दिएका छन ।

भण्डारीले सरकारले १ प्रदेश मा १००० को दरले पिपिई बाड्न महिना दिन लागेको प्रसङ्गलाई जोडदै नेपालका पसल र लाखौं घरमा रहेका रेनकोट, चश्मा, टोपी, स्विमिङ्ग क्स्टयुम, स्विमिङ्ग गग, गमबुट  स्वास्थ्यकर्मीलाई दिने अभियान गरौं र त्यसलाई सिलेर पिपिई बनाउन सुझाव दिएका छन् । त्यस्तै सबैले महँगोमा बजारमा औषधि किनेर अनावश्यक भण्डारण नगरी सामन्य सिटामोल, सन्चो आदि किनेर राख्न अनि नियमित नुनपानी ले कुल्ला गरेको चिसो बाट वचन सरल भाषामा भिडियो मार्फत सिकाएका छन् । बजारमा हाहाकार रहेको महँगो सेनेटाईजर र साबुन नपाए घरमा लुगा धुने सर्फ-साबुनले मिचेर हात धोएर काम चलाउन सकिने दावा गरेका छन्  । उनले अम्मलीहरूलाई दूध- तरकारी किन्ने बाहनाले चुरोट, खैनी, गुटखा र मदिरा किन्न घर बाहिर नजान आव्हान गर्नुलाई सबैले चित्त बुझाएको देखिन्छ ।

भण्डारीले नेपाली नागरिकलाई यो फुर्सदको समयमा घरायसी सरसफाई, तरकारी काटने, ढुङ्गा केलाउने कार्यमा महिला लाई सघाउन सुझाव दिदै कसैलाई कोरोनाको संका लागेमा सेल्फ होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्यकर्मीको सहयोग लिन सुझाएका छन् । अनि नियामित योग गर्दै आधिकारिक न्युज मात्र सुनेर घरभित्र बस्न र रचनात्मक कार्यहरु गर्न अनुरोध गरेकोमा मानिसहरु ले अरु पनि यस्तै भिडियो बनाउन आग्रह आएको देखिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.