add

ट्रम्पको आदेशको प्रभाव: अमेरिकी बजेटमार्फत सञ्चालित चार कार्यक्रम नेपालमा स्थगित






ActPro Nepal

|

१२ फागुन, २०८१

|
368

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी वैदेशिक सहायता पुनर्मूल्याङ्कन र पुनर्गठनसम्बन्धी कार्यकारी आदेशसँगै नेपालमा पनि खल्बली मच्चिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयन गर्दै नेपालस्थित यूएसएआईडीको कार्यलयले अर्थ मन्त्रालयलाई पत्र पठाउँदै अमेरिकी सहयोगमा सञ्चालित कार्यक्रम ९० दिन रोक्न आदेश दिएसँगै नेपालमा पनि खल्बली मच्चिएको हो ।

सोही अनुसार अमेरिकी सहयोग नियोग (युएसएड)बाट सञ्चालित यूएसएआईडी हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएआईडी एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएआईडी एजुकेशन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट र यूएसएआईडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट  कार्यक्रमहरु ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण जनाउदै मन्त्रालयले शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित कार्यक्रम स्थगित गरेको हो ।

नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले जनाएको छ । अमेरिकी सहयोग नियोगबाट नेपालमा सन् १९५१ देखी निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको मन्त्रालयको भनाइ छ ।

यसैबीच, अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेश बमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको अर्थमन्त्रालयले जनाएको छ । त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेको कार्यक्रमहरु पनि रोकिएको मन्त्रालयले जनाएको छ । डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरुको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.