काठमाडौं। सामाखुसीस्थित मानव सेवा आश्रमलाई एन आइसी एसिया बैंकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले खाद्य सहयोग गरेका छन्।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिने आशंकमा रोकथामको लागि सरकारले लकडाउन घोषणा गरेपछि संघ सस्था तथा दैनिक ज्याला मज्दुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस अभियानको शुरुवात गरिएको डिआइजी पोखरेलले बताए।
प्रहरीले विभिन्न आश्रमहरूमा रहेका आश्रित व्यक्ति तथा मजदुरको लागि निरन्तर खाद्य सामाग्री सहयोग गर्ने भएको छ। लकडाउन भए पश्चात असहाय, अशक्त व्यक्तिहरू तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुलाई अझ बढी समस्या हुने भएकाले लक्षित वर्गलाई थोरै भएपनि राहत पुग्ने डिआइजी पोखरेलले बताए।
संकटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामाग्रीहरूको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाईन १०० मा खबर गर्न आग्रह समेत गरेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।