काठमाडौं । कोरोना भाइरसको संक्रमणको आशंकामा कोरोना अस्थायी आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ।
बुटवल धागो कारखानास्थित आइसोलेसनमा राखिएकासैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको हो ।
थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएर बसेको खुल्ल आएको छ । उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ रिपोर्ट भने आएको छैन् । उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।