add

कोरोना भाइरस अमेरिकामा सङ्क्रमण तीव्र,एकैदिन थपिए १७ हजार






ActPro Nepal

|

१४ चैत, २०७६

|
878

काठमाडौं। विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस अमेरिकामा तीव्र गतिमा फैलिएको छ ।

कोरोना उत्पति भएको देश चीनलाई समेत पछि पार्दै अमेरिकामा संक्रमितको संख्या ८५ हजार ३ सय ७७ पुगेको छ ।

चीनमा ८१ हजार ३ सय ४० जनामा कोरोना देखिएकोमा ७४ हजार ५ सय ८८ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । अमेरिकामा भने १ हजार ८ सय ६८ जना मात्रै पूर्ण रुपमा स्वस्थ भएका छन् ।

वर्ल्डओमिटरका अनुसार अमेरिकामा बितेको २४ घण्टा ९बिहीबार० मात्रै १७ हजार १ सय ६६ जना नयाँ संक्रमित भेटिएका छन् । बुधबार १३ हजार ३ सय ५५ मा संक्रमण पुष्टि भएको थियो ।

अमेरिकामा संक्रमितमध्ये ८२ हजार २ सय १४ जना उपचाररत छन् भने २ हजार १ सय २२ को अवस्था अत्यन्त गम्भीर रहेको छ ।

विश्व स्वास्थ्य स‌‌‍गठनका अनुसार यो भाइरस १९९ देशमा फैलिएको छ भने मर्नेको संख्या २१ हजार नाघेको छ । संक्रमितको संख्या झन्डै ४ लाख ६६ हजार पुगेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.