add

कालोबजारीमा बरामद माक्स, बजार मूल्य अनुसार बिक्री गर्न निर्देशन






ActPro Nepal

|

४ चैत, २०७६

|
1100

काठमाडौँ  । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा जफत गरेको दशौं लाख मास्क तत्काल प्रयोगमा ल्याउन पाउने भएको छ ।

महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको माक्स बजार मूल्य अनुसार बिक्री वितरण गर्न निर्देशन दिएका छन् । अरुबेला भए बरामद भएको  यस्ता मास्क वर्षौंवर्षसम्म अदालतमा पेस गर्न प्रमाणका रुपमा सुरक्षित राख्नुपर्ने हुन्थ्यो । तर महान्यायाधिवक्ताको कार्यालयले केही दिन यता बरामद भएका मास्क तत्काल बेचेर जनसाधारणको प्रयोगमा ल्याउन निर्देशन दिएको हो ।

महान्यायाधिवक्ता खरेलले सोमबार प्रेस विज्ञप्ति जारी गरी विश्वभर ‘कोभिड–१९’ फैलिएको अवस्थामा कालोबजारी गरेर लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेका माक्स हालको बजार मूल्यअनुसार बिक्री गरी सो रकम प्रहरीकै खातामा राख्न निर्देशन दिएका हुन् ।

खरेलले जारी गरेको निर्देशनम यस्ता तीन बुँदा छन् –

- बरामद मास्कहरुको मूल्य र नमूना सहितको अभिलेख एवं फोटो सहितको डिजिटल अभिलेख मिसिलमा राख्ने,

- बरामद मास्कहरुको हालको बजार मूल्य अनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतीका अन्य सार्वजनिक संस्थाबाट लिई सो रकम प्रहरीको धरौती खातामा राखी उक्त मास्कहरु सो संस्थाले यकिन अभिलेख राखी अविलम्व बिक्री वितरण गर्ने व्यवस्था मिलाउने,

- अनुसन्धान भएका मुद्दाहरुमा अभियोजन गर्ने निर्णय हुँदा प्रकरण २ मा उललेख भएको व्यवस्था अनुसार धरौटी  खातामा जम्मा भएको  रकम जफत हुन मागदावी दिने प्रबन्ध गर्ने । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.