add

कोरोनाभाइरसको त्रास , ८ देशका नागरिकलाई अनअराइभल भिसामा रोक






ActPro Nepal

|

२७ फागुन, २०७६

|
706

काठमाडौं । नेपालले ८ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ।

अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अर्को निर्णय नहुन्जेलसम्मको लागि अन अराइभल भिसा बन्द गरिएको जानकारी जनाएको हो ।

यस अघि चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा रोकिएको थियो । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वका १०१ बढी मुलुकमा फैलिएको छ। यसकै कारण अध्यागमन विभागले अनअराइभल भिसा नदिने भएको हो ।

अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ ।

https://www.actpronepal.com/news/2020-03-09-529


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.