काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बाँके जिल्लावासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्रीमा ल्याउन लागेको हो ।
कम्पनीले आयोजना प्रभावितका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । त्यस्तै, वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि १ करोड ४४ लाख रुपैयाँ बराबरको १ लाख ४४ हजार कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको हो ।
कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका दुवैले चैत ५ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएका ढिलोमा चैत २० गतेसम्म आवेदन थप गरिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङले कम्पनीलाई ‘केयर एपी डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।