काठमाडौं । शस्त्र प्रहरी बल नेपालकी एकजना महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छन्।
सिन्धुपाल्चोक घर भई पोखरामा तालिमरत इन्स्पेक्टर सन्तोषी महत छिन्। उनी तालिम गरिरहेकै ब्यारेकको महिला शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
सशस्त्र प्रहरी बलका अनुसार उनी शौचालयको बिममा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
उनको शव पोस्टमर्टम गर्ने तयारी भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनी २०७२ सालमा सिपाहीमा भर्ना भई सशस्त्र प्रहरीमा सेवा सुरू गरेकी थिइन्। त्यसको ६ वर्षपछि ०७८ मा उनले असईमा नाम निकालेकी थिइन्। उनले यही वर्ष इन्स्पेक्टरमा पनि नाम निकालेर तालिम सुरू गरेकी थिइन्।
उनको मृत्यु भएको घटनामा अनुसन्धान सुरू भएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।