add

जन्ती बोकेको बस बेहुला बेहुलीसहित भीरबाट खस्यो, चारजनाको मृत्यु






ActPro Nepal

|

२२ फागुन, २०७६

|
1758

मकवानपुर । जन्तीसहित बेहुला९बेहुली लिएर फर्किएको बस मकवानपुरगढीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मकवानपुरगढीको जीतपुरभञ्जाङबाट सुकौरातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस गौरीभञ्जाङको भीरबाट ५० फिट तल खस्दा तीन जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको  छ ।

दुर्घटनामा ४८ जना घाइते भएका छन्, घाइतेको हेटौंडा र चुर्यहिल अस्पतालमा उपचार भइरहेको छ । मान्छे धेरै च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।

मृत्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका ७ बस्ने ३२ वर्षीय सोमबहादुर रुम्बा, सोही ठाउँका सोमबहादुर मोक्तान, २४ वर्षीय सुरज लो र नाम नखुलेका एक पुरुष रहेको  प्रहरीले  जानकारी दिएको  छ ।

बुधबार दिउँसोको विवाह सकेर बेहुली लिएर घरतर्फ फर्किने क्रममा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.