add

मौसम पूर्वानुमान :मेघ गर्जन तथा हावाहुरी र असिनाको सम्भावना






ActPro Nepal

|

२२ फागुन, २०७६

|
957

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको र देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने जनाएको हो । 

आगामी तीन दिनको मौसम पूर्वानुमान :-

फागुन २२ गते (बिहिबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ,हावाहुरी,असिना साथै मध्य र पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ,हावाहुरी,असिना र पूर्वी पहाडका एकर दुई स्थानमा मेघगर्जन,चट्याङ,हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २३ गते (शुक्रबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पुर्वका भू-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य र पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ,हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

रातिः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्यका केही स्थानहरुमा र  पूर्वी पहाडका थोरै स्थानमा मेघगर्जन,चट्याङ,हावाहुरी र  असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्ज,चट्याङ्र,हावाहुरी र असिना सहित वर्षाको सम्भावना समेत रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

रातिः देशभका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू९भागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भु-भागका एक दुइ स्थानमा मेघगर्जन,चट्याङ, सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

महाशाखाले देशका पश्चिमि भू-भागका लगायत मध्य र पुर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.