add

उज्वल गिरीको केरा काँचो काँचो बजारमा






ActPro Nepal

|

२ फागुन, २०७६

|
1223

काठमाडौं ।  नेपाली गीत संगीतको बजारमा हरेक दिन पृथक शैलीका गीतहरु आइरहेका बेला गायक उज्वल गिरिको अवाजमा  केरा काँचो काँचो बोलको गीत सार्वजनिक  भएको छ ।

प्रेमी–प्रेमिकाका लागि विशेष उत्सव भ्यालेन्टाइन को परिवेशमा सार्वजनिक भएको प्रेम भाब झल्कने उक्त गीतमा संगीत  नन्दु परियार रहेको छ । गीतको भिडियोको ब्यबस्थापन  पवन परियार  गरेका हुन् । 

भिडियोको सम्पादन र छायांकन  क्रान्ति केसिको  रहेको छ भने भिडियोको कोरियोग्राफर  अजय रेग्मीले गरेका छन् । 

इनाक्छी ईन्टरटेन्नमेन्टले बजारमा ल्याएको गीतको  भिडियोमा समुन्द्र,उज्वल र १२ बर्से  याङशु श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

विभिन्न छ वटाभन्दा बढि म्युजिक भिडियो र  दुईवटा नेपाली चलिचित्रमा अभिनय र नृत्य गरिसकेकी यङ्शु श्रेष्ठले लिटल मिस नेपालको उपाधी पनि जितिसकेकि छिन ।

https://www.youtube.com/watch?v=5ej1RT0ZT-U&feature=youtu.be


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.