add

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा






ActPro Nepal

|

१ फागुन, २०७६

|
1229

काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र व्यवहारको मुद्दामा फरार रहेका बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई  साधारण तारेखमा रिहा गरेको छ  ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार प्रसाईंलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

झापाको बी एण्ड सी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक रहेका प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा गिरीले उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते (बिहीबार) पक्राउ पूर्जी जारी गरेको थियो । तर, प्रसाईं भने पक्राउ परेनन् ।

प्रसाईंलाई पक्राउ नै नगरी भक्तपुर प्रहरीले करिब ४ दिन अगाडि मात्रै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले बुधबार जिल्ला प्रशासन कार्यालयमा अनुसन्धान प्रतिवेदनसहितको मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता गरेको दोस्रो दिन बिहीबार प्रसाईं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए । बिहीबार नै थुनछेक बहसपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको इजलाशले थुनछेक आदेश जारी गर्दै प्रसाईंँलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.