add

बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप अभियान : पहिलो चरणमा ३४ जिल्लामा सञ्चालन हुँदै






ActPro Nepal

|

१ फागुन, २०७६

|
951

काठमाडौं- बिहीबारबाट दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु हुँदै छ । 

दादुरा र रुबेला रोग विरुद्धको खोप अभियानको सबै तयारी पुरा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पहिलो चरणमा फागुन महिनाभर प्रदेश १,२ र ५ का ३४ जिल्लामा र दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैत महिनाभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ ।

यस्तै तराईका १९ जिल्लाहरुमा जन्मेदेखि ५ वर्ष मुलिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने मन्त्रालयले जनाएको छ ।

सरकारी योजना अनुसार दादुर र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिइदै छ । दुई चरणमा गरी देशभरका ३० लाख बालबालिकामा यो खोप दिइने बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

यस्तै जन्मेदेखि ५ वर्ष मुनिका १५ लाख बालबालिकालाई पोलियो खोप दिइदै छ । खोप अभियानमा ९ हजार स्वास्थ्यकर्मी, १ लाख स्वायंसेवक परिचालन हुने छन् ।

दादुरा र रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्न देशभर ८ हजार तालिमप्राप्त स्वस्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ । यस्तै ५ हजार ५ सय जना स्थानिय सुपरिवेक्षक पनि परिचालन हुनेछन् । सरकारले खोप अभियानका लागि ४९ हजार खोप केन्द्र स्थापना गर्ने र करिव एक लाख स्वयंसेवक परिचालन गरिनेछन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.