काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा बुधबार नेपाल र अमेरिका आमनेसामने हुँदै छ।
त्रिकोणात्मक शृंखलाको खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
शृंखलाको अघिल्लो खेलमा अमेरिकालाई पराजित गरेकाले पनि नेपालको मनोबल उच्च छ। उक्त खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो।
नेपाली खेलाडी पनि अमेरिकाविरुद्ध जित निकाल्नेमा आशावादी छन्। तर, अमेरिकालाई सहजै हराउन सक्ने स्थिति छैन। अमेरिका पनि आजको खेल जितेर शृंखलाको सुखद सुरुवात गर्ने दाउमा छ। गत माघ २२ गते सुरु भएको शृंखलामा अमेरिकाले तीनवटै खेलमा पराजय भोगेको छ।
अंकतालिका :-
लिग अंकतालिकामा ओमान १६ अंकसहित शीर्ष स्थानमा छ। लिगका १० खेल खेलेको ओमानले ८ मा जित र २ मा पराजित भएको छ। ओमान जारी शृंखलामा चार वटै खेलमा विजयी भएको हो। उसले नेपाल र अमेरिकालाई दुई–दुई पटक हराएको छ।
अमेरिका भने १२ अंक बटुल्दै दोस्रो स्थानमा छ। अमेरिकाले लिगका ११ खेलमध्ये ६ मा जित र ५ मा हारको सामना गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।