add

बार्सिलोना र रियल मड्रिड ‘कोपा डेल रे’को क्वार्टरफाइनलबाटै बाहिरियो






ActPro Nepal

|

२४ माघ, २०७६

|
664

एजेन्सी, २४ माघ । उपाधिको प्रमुख दाबेदार ठानिएको स्पेनिस टिमहरू बार्सिलोना र रियल मड्रिड ‘कोपा डेल रे’ फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।

बिहीबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिलबाओसँग पराजित भयो भने रियल मड्रिडलाई रियल सोसिडाडसँग पराजित भएको हो । यो सँगै नौ वर्षपछि बार्सिलोना र रियल मड्रिड बिना कोपा डेल रे फाइनल हुने भएको छ ।

एथ्लेटिक क्लबको मैदानमा भएको खेलको इन्ज्युरी समयमा सर्जियो बुस्केटले आत्मघाती गोल गरेपछि बार्सिलोनाको लगातार सातौँ पटक फाइनल पुग्ने सपना क्वार्टर–फाइनलमा नै रोकिन पुगेको थियो ।

रियल मड्रिड पनि रियल सोसियडाडसँग चार–तीन गोल अन्तरले स्तब्ध भयो । सन् २०१० पछि बार्सिलोना र रियल मड्रिडबिना पहिलो पटक ‘कोपा डेल रे’ को फाइनल हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.