काठमाडौं । बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिक को सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को स्पेसल शो हुने भएको छ ।
नेपाल राष्ट्रिय मोडलिङ संघको आयोजनामा परराष्ट्र मन्त्री, फिल्मकर्मी र राजदुतको आतिथ्यतामा फिल्मको च्यारेटी शो हुन लागेको हो ।
भयानक रोग बोनम्यारो रोगबाट पिडित मनोजको अहिले यो रोगको उपचार भइरहेको छ । होचो कलाकार पारिवारको आर्थिक अवस्था कमजोर हुनाले उनको उपचारमा आर्थिक समस्याले कठिनाई भइरहेको छ ।
‘बिश्वका होचा कलाकारको छबि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने हेतुले फिल्मको च्यारेटी शो गर्न लागिएको हो ।’
यसको लागि ‘सेल्फी किङ्ग’ निर्माता दिनेश राउतले फिल्म उपलब्ध गराएका छन् । फिल्मको बिषेश शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई मात्र प्रदान गरिने शाहीको भनाई रहेको छ ।
बिषेश शो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा शनिबार बिहान ९ बजे राखिएको छ । उक्त शोमा फिल्मका सेना, प्रहरी का उच्चपदस्थहरु, कलाकार, राजनेता तथा समाजसेवीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजकले जानकारी दिए ।
‘सेल्फी किङ्ग’ अभिनेता बिपिन कार्कीले हाँस्य कलाकार को भुमिका निर्बाह गरेको फिल्म हो । विशाल सापकोटाको निर्देशन रहेको फिल्ममा एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण गरिएको छ ।
दिनेश राउत र शुभाष थापाको लगानी रहेको फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.