add

कृषि विकास बैंकको नाफा डेढ अर्ब नाघ्यो






ActPro Nepal

|

२१ माघ, २०७६

|
905

काठमाडौं, २१ माघ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ ।

गत वर्षको ६ महिनामा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकले २९ करोड ३७ लाख रुपैयाँ नाफा बढाएको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ रुपैयाँ ९६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ६ रुपैयाँ ५१ पैसा बढेर ३१ रुपैयाँ ४७ पैसा कायम भएको छ।

बैंकको मूल्य आम्दानी अनुपात १२।०१ गुणा कायम भएको छ। १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ र शेयरधनी कोषमा ४ अर्ब ४६ करोड २८ लाख रुपैयाँ सञ्चित छ।


पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ। बैंकले सर्वसाधारणलाई १ खर्ब १५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ ।

गत वर्षको ६ महिनामा बैंकले १ खर्ब ८ अर्ब ८० करोड ६६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

गत पुस मसान्तसम्ममा कृषि विकास बैंकमा १ खर्ब २७ अर्ब २१ करोड ६७ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा बैंकसँग १ खर्ब १८ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ निक्षेप थियो ।

बैंकको खराब कर्जा अनुपात ३.१९ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ४.५ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ७.२ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ७.२३ प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.१२ प्रतिशत छ । गत वर्ष ७८.६८ प्रतिशत थियो । यस्तो अनुपात बढीमा ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ ।

कृषि विकास बैंकको आधार दर १०.१७ प्रतिशत छ । गत वर्ष आधार दर ११.१५ प्रतिशत थियो । आधार दर धेरै हुदाँ कर्जाको व्याज महंगो पर्छ । यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ६.७३ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्ममा ५.२९ प्रतिशत छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.