add

अब सुनचाँदी धितोमा ५० लाख मात्रै कर्जा : सेयर धितो कर्जामा पुनरावलोकन, यस्तो छ राष्ट्र बैंकको परिपत्र






ActPro Nepal

|

२३ असोज, २०८१

|
87

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार अब धितोमा राखिएको सेयरको मूल्य घटेपछि ग्राहकले थप सुरक्षण नराखेमा बैंकहरूले सेयर बिक्री गरी असुलउपर गर्न पाउने छन् ।

सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने छ।

‘सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्नेछ,’ एकीकृत निर्देशनमा भनिएको छ ।

इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै, इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ ।

‘मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने एकीन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

०.५ प्रतिशत बढी सेयर भएकाको विवरण बुझाउनुपर्ने

अब बैंक तथा वित्तीय संस्थाले चुक्ता पूँजीको ०.५ प्रतिशतभन्दा बढी सेयरधारण गरेका सेयरधनीहरूको विवरण अर्धवार्षिक रुपमा राष्ट्र बैंकमा पेस गर्नु पर्ने भएको छ । यसअघि यो व्यवस्था थिएन ।

‘चुक्ता पूँजीको ०.५ प्रतिशत भन्दा बढी सेयरधारण गरेका सेयरधनीहरूको विवरण इजाजतपत्रप्राप्त संस्थाले अर्धवार्षिक रुपमा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेस गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यस्तै, इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पूँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरूको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

अब सुनचाँदी धितोमा ५० लाख मात्रै कर्जा

अब सुनचाँदी धितो राखेर ५० लाख रुपैयाँसम्म मात्रै ऋण पाइने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ तोकेको हो । यसअघि कुनै सीमा तोकिएको थिएन ।

यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने बैंक तथा वित्तीय संस्थाहरूले २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने छ ।

कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.