add

३२ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको खुद नाफा






ActPro Nepal

|

२५ वैशाख, २०८१

|
116

काठमाडौं । सर्वोत्तम सिमेन्टको खुद नाफामा वृद्धि भएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३२.३० प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आवको चैत मसान्तसम्म १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ९५ लाख रुपैयाँ धेरै हो । कम्पनीले गत वर्ष चैतसम्म ९ करोड १२ लाख नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको बिक्री आम्दानी र अन्य आम्दानी बढ्दा नाफा बढेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी २५.१६ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ थियो।

कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशतले बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ४.७६ प्रतिशत बढेर ५२ करोड २८ लाख पुगेको छ ।

हाल ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्वीटिमा ४ अर्ब ९० करोड र रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.०१ रुपैयाँबाट बढेर ३.४६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१२.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४४.७९ गुणा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.