add

लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा. महतको निर्देशन






ActPro Nepal

|

२८ माघ, २०८०

|
226

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले काँकडभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । 

दमक उद्योग वाणिज्य संघले आजदेखि सुरु गरेको १५ दिने पाँचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा आएका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरूसँग भेटघाट गरेका हुन् ।

निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रूपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिए । 

उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे । 'राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ,' अर्थमन्त्री महतले भने, 'राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।'

उनले मेची भन्सार मुलुककै महत्त्वपूर्ण भन्सारमध्ये एक रहेको बताए । उनले एसियन राजमार्गको विस्तारसँगै यसको महत्त्व बझ बढ्ने बताउँदै व्यवसायीलाई समेत निराश नहुन आग्रह गरे । सो अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले विगतको तुलनामा राजस्व सङ्कलन कम हुँदै गएको, मुख्य नाका भए पनि काँकडभिट्टा मन्त्रालयबाट छायामा परेको बारेमा अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराएका थिए ।

निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइदिन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.