add

हिमालयन रिको आइपीओमा पहिलो दिन मै ७ करोड २८ लाख रुपैयाँ संकलन






ActPro Nepal

|

४ मंसिर, २०८०

|
253

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि इन्स्योरेन्स निष्कासन गरेको आइपीओमा पहिलो दिन मै ७ करोड २४ लाख ८१ हजार १०० रुपैयाँ संकलन भएको छ ।

सिडिएसका अनुसार आज अर्थात मंसिर ४गते साँझ ५ः०७ बजेसम्म ४ हजार ११ जनाले ३ लाख ५१ हजार ८५० कित्ता लागि आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।

सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.