add

युनिक नेपाल लघुवित्तको एफपीओ खुल्यो,कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

११ जेठ, २०८०

|
347

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि एफपीओ (थप सेयर निष्काशन) विक्री खुला गर्ने भएको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक र साधरण सेयरको हिस्सा मिलाउन थप सेयर निष्काशन गर्न लागेको हो । साविकको युनिक नेपाल लघुवित्त र घोडाघोडी लघुवित्त मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ हिस्सा छ ।

राष्ट्र बैंकको नियम अनुसार लघुवित्तमा कम्तीमा ३० प्रतिशत साधरण सेयर हिस्सा हुनुपर्छ । सोही सेयर हिस्सा मिलाउन लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको हो । एफपीओपछि संस्थापकको ७० र सर्वसाधरणको हिस्सा ३० प्रतिशत कायम हुनेछ ।

लघुवित्तको एफपीओमा जेठ १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ २५ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशनपछि १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.