काठमाडौं । तामाकोशी पाँचौँ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । सोमबार नेपाल विद्युत् प्राधिकरण, तामाकोशी कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय सम्झौता भएको हो ।
९९ दशमलव ८ मेगावाट क्षमताको उक्त आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी कोषले १३ अर्ब ७४ करोड लगानी गर्न लागेको हो । परियोजना ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजीबाट निर्माण गरिने तामाकोशी कम्पनीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।