add

नेप्सले पायो पीसीआई एसएससीको एसोसिएट पार्टीसीपेटिङ अर्गनाईजेसनको सदस्यता






ActPro Nepal

|

१ चैत, २०७९

|
89

काठमाडाैं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)ले पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (पीसीआई एसएससी) को एसोसिएट पार्टीसीपेटिङ अर्गनाईजेसनको सदस्यता प्राप्त गरेको छ।

यो काउन्सिल कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रम विकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त संस्था हो।

भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले पीसीआई एसएससी सर्टिफिकेसन अनिवार्य नै गरेका छन्।

कार्ड मार्फत हुने कारोवारको सुरक्षा र तत्सम्बन्धी विकास भैरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोवारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरि लागु गर्ने उदेश्य लिएर बनेको संस्थाको एसोसिएट पार्टीसीपेटिङ अर्गनाईजेसनको सदस्यता प्राप्त गरेको नेप्सले जनाएको छ।

नेपालबाट पीसीआई एसएससीकाे सदस्यता प्राप्त गर्ने नेप्स पहिलो संस्था बनेको छ। कार्ड मार्फत हुने कारोवारको सुरक्षा नै नेप्सको पहिलो प्राथमिकता रहेको नेप्सले जनाएको छ।

कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरु निर्धारण गर्दा नेप्सले पनि आफ्नो अनुभव तथा भनाईहरु प्रस्तुत गर्न सक्नेछ, कुनै नयाँ मापदण्डहरुको बारेमा अन्य संस्थालाई भन्दा नेप्सलाई पूर्व जानकारी हुनेछ ।

कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि व्यवस्थालाई समयनुसार परिमार्जन गरि सुरक्षित कारोवार संचलानको यकिन गर्न टेवा पुग्ने र नेपालमा रहेका अन्य संस्थाहरुलाई पनि उचित मार्गदर्शन प्रदान गर्न कोशेढुंगा सावित हुने नेप्सले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


below article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2023. ALL RIGHTS RESERVED.